मन्त्रालयभित्रै कर्मचारीबीच कुटाकुट, उपसचिवमाथि हातपात !

काठमाडौं, साउन २९ । कर्मचारी सरुवाको विषयलाई लिएर नेपाल निजामती कर्मचारी संगठनका उपाध्यक्ष जीवन भण्डारीले मन्त्रालयभित्रै उपसचिवलाई हातपातको प्रयास गरेका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका कर्मचारी प्रशासन शाखाका उपसचिव ऋषि आचार्यलाई उनले यस्तो प्रयास गरेका हुन् । कुटपिटमा उत्रिएका भण्डारी शिक्षा विभागका अधिकृत हुन् । अन्नपूर्ण पोष्टमा खबर छ ।

आफूनिकटका केही कर्मचारीको सरुवाको सुची लिएर भण्डारी आईतबारदिउँसो ४ बजे संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कर्मचारी प्रशासन शाखामा पुगेका थिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!