नेपाल अाइडल-२ को नरेश पातली सामाजिक सञ्जालमा भाइरल (भिडियोसहित)

अहिले ‘नेपाल आइडल सिजन–२’ चलिरहेको छ । नेपालको पहिलो एचडी टेलिभिजन एपी वानबाट प्रसारण हुने यो कार्यक्रम सर्वाधिक रुचाइएको छ । यसैबीच हामी त्यही आइडलसँग जोडिएका एक युवकको चर्चा गर्न गइरहेका छौं । उनी हुन्, नरेश पातली !

नरेश अहिले सामाजिक सञ्जालमा ‘भाइरल’ भइरेहका पात्रमध्ये एक हुन् ।

‘नेपाल आइडल सिजन–२’ को धनगढी अडिसनमा देखाएको प्रस्तुतिका कारण अहिले उनी ‘भाइरल’ भइरहेका छन् ।

उनले देखाएको प्रस्तुति भलै निर्णायकले खोजेको नहुन सक्छ । तर, उनको चर्चा भने चुलिएको छ । नरेशले देखाएको प्रस्तुतिले ‘नेपाल आइडल’को सिजन नै रमाइलो भइरहेको छ । उनीभन्दा धेरैंले राम्रो प्रस्तुति देखाए । तर, ती अहिले चर्चामा कम छन् । नरेशको प्रस्तुति भने खुब चर्चामा छ ।

उनी अध्ययनका लागि बझाङबाट धनगढी आएका हुन् । उनमा पनि इच्छा थियो ‘नेपाल आइडल’को स्टेजमा गएर आफ्नो प्रतिभा देखाउने । नरेशको त्यो हुटहुटी पनि पूरा भयो । १७ वर्षीय ती युवकले अडिसनमा ‘उ जितेर गई या हारेर गई’ बोलको गीत गाएका थिए ।

‘गोल्डेन टिकट’ पाउन सफल प्रतिस्पर्धी को–को ?(नामसहित)

उनको यो गीत सुनेर निर्णायक (न्यू बर्जाचार्य, कालिप्रसाद बास्कोटा र इन्दिरा जोशी) चकित परे । नरेशले आफ्नो प्रस्तुतिबाट निर्णायकलाई चकितमात्रै पारेनन्, मज्जाले हँसाएपनि । गीत गाउँदा उनले गर्ने अभिनयले निर्णायकलाई थप आनन्दित तुल्याए ।

निर्णायकलाई मात्र होइन नरेशको प्रस्तुतीले दर्शक–स्रोता रमाइरहेका छन् । उनले योभन्दा अगाडि ‘नेपाल आइडल’को यात्रा त बढाउन सकेनन् । तर, सबैलाई आनन्द भने दिएर गएका छन् ।

नरेशको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

उनमा प्रतिभा नभएकै होइन, मात्र उनले आफ्नो क्षमता चिन्न नसकेका हुन् । नेपाल आइडलको पहिलो सिजनमा नरेशजस्तै झक्कड थापा भाइरल भएका थिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!