बिराटनगर महानगरपालिकाको कार्यालयमा बम बिष्फोट

बिराटनगर, साउन २७ । बिराटनगर महानगरपालिकाको कार्यालयमा भवनमा भएको बम बिष्फोट भएको छ । बम बिष्फोट गराउनेको खोजी कार्य जारी छ ।

बिष्फोटबाट झ्यालका सिसा र फर्निचरमा सामान्य क्षति पुगेको मोरङका प्रहरी प्रमुख मनोज केसीले बताए । उनका अनुसार, भिडभाड हुने भवनको दोस्रो तलाको प्यासेजमा भएको बम बिष्फोटले मानवीय क्षति भने भएको छैन ।

बम कसले र किन बिष्फोट गराएको हो भन्ने अहिलेसम्म खुलेको छैन् । प्रमुख केसीका अनुसार सुरक्षाकर्मी घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!