पूर्व सांसद भरत शमशेरको निधनमा शोक प्रस्ताव पारित

काठमाडौँ, साउन २७ । शनिबार निधन भएका पूर्व सांसद भरत शम्शेर राणाप्रति प्रतिनिधिसभाले शोक प्रस्ताव पारित गरेको छ ।

आइतबार बसेको प्रतिनिधिसभाको बैठकले राणाको निधनप्रति शोक प्रस्ताव पारित गर्दै एक मिनेट मौन धारणा गरेको हो ।

राणा २०१५ सालको आम चुनावमा तत्कालीन गोरखा परिषद् दलबाट निर्वाचित भएर प्रमुख प्रतिपक्षी दलका नेता बनेका थिए । उनी धादिङ जिल्लाबाट प्रतिनिधिसभाको सांसद बनेका थिए ।

उनको शनिबार कोलकातामा ९१ वर्षको उमेरमा निधन भएको छ । २०१७ साल पुस १ गते राजा महिन्द्रले बहुदलीय व्यवस्था खारेज गरेर पञ्चायति व्यवस्था लागू गरेपछि उनले आफ्नो दललाई कांग्रेसमा विलय गराई संघर्षमा उत्रेका थिए ।

राणा पछिल्लो समय कोलकातास्थित घरमा बसिराखेका थिए। उनले कोलकाता बसेका क्रममा केही बंगाली चलचित्रहरूको निर्माण तथा निर्देशन समेत गरेका थिए ।

कमेन्ट गर्नुहोस्