लोकतन्त्रलाई खतरामा पर्न दिन्न : प्रधानमन्त्री

काठमाडौं, साउन २७ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार लोकतन्त्र, प्रेस स्वतन्त्रता, मानअधिकारप्रति प्रतिवद्ध रहेको बताएका छन् ।

नेपाल मिडिया सोसाइटीको नव निर्वाचित कार्य समितिलाई आज प्रधानमन्त्री निवास बालुवाटारमा बधाइ दिंदै प्रधानमन्त्री ओलीले वर्तमान सरकार र नेपाल कम्युनिस्ट पार्टीबाट लोकतन्त्रलाई कहिले पनि खतरा नहुने बताए ।

प्रधानमन्त्री ओलीले लोकतन्त्रकै लागि आफ्नो पार्टी स्थापना भएको, त्यसका लागि आफू १४ वर्ष जेल बसेको, पार्टीको कयौं नेता, कार्यकर्ता सहिद भएको बताउँदै लोकतन्त्रलाई खतरामा पर्न नदिने बताएका हुन् ।

प्रधानमन्त्री ओलीले माइतीघर मण्डलाको बिषयलाई लिएर केही मिडियाले सरकारलाई नागरिक स्वतन्त्रता विरोधी बनाउन खोजेको आरोप लगाए ।

उनले नेकपा लोकतन्त्रको जन्मदाता भएको दावी गर्दै यही पार्टीको सरकार भएका बेला लोकतन्त्र, प्रेस स्वतन्त्रता, मानवअधिकार हनन् हुने कुरा कल्पनासम्म पनि गर्न नमिल्ले बताए ।

प्रधानमन्त्री ओलीले सरकारलाई सजग गराउन र जनतालाई सचेत गराउन मिडियाको ठुलो भूमिका हुने बताए । केही सञ्चार माध्यमले आफ्नो दायित्व भुलेर जथाभावी गरिरहेकोमा प्रधानमन्त्री ओलीले असन्तुष्टी व्यक्त गरे ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!