‘खुकुरी दल’ काण्डका नायक जबराको निधन

काठमाडौं, साउन २७ । ‘खुकुरी दल’ काण्डका नायक भरतसमशेर जबराको शनिबार निधन भएको छ । भारतको कोलकातामा बस्दै आएका जबराको ९० वर्षको उमेरमा उनकै निवासमा निधन भएको हो । वि.संं २००७ सालमा तत्कालीन गृहमन्त्री वीपी कोइरालाको हत्या गर्न खोजेको आरोपमा जेल सजायँ भोगेका राणा २०१५ सालको चुनावपछि वीपी कोइराला प्रधानमन्त्री हुँदा गोरखा दलका तर्फबाट विपक्षी दलका नेता थिए ।

पश्चिमबंगालको राजधानी कोलकातामा घर बनाएर उतै बसोबास गर्दै आएका भरतसमशेरले यसवीचमा करिब एक दर्जनजति भारतीय चलचित्रसमेत निर्माण गरेका छन् । सुरुमा वीपीमाथि भौतिक हमलामा उत्रिएको भरतसमशेरको समूह २०१७ सालमा राजा महेन्द्रले कु गरेपछि फेरि कांग्रेससँगै नजिकियो । ०४७ सालको परिवर्तनपछि भरत कांग्रेसनेता कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालासँगै नजिक रहे ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!