सीपीएलः सन्दिपको शानदार प्रदर्शनले क्रीस गेलको प्याट्रियट्स विजयी

काठमाडौं, साउन २७ । वेस्टइन्डिजमा जारी क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा नेपाली युवा क्रिकेटर सन्दिप लामिछाने आवद्ध सेन्ट किट्स एन्ड प्याट्रियट्स विजयी भएको छ । आज भएको आफ्नो दोस्रो खेलमा उसले ट्रङ्बागो नाइट राइडर्सलाई ४२ रनले पराजित गर्दै विजयी भएको हो ।

नेपाली समयअनुसार आज विहान साढे पाँच बजे शुरु भएको खेलमा सन्दिप आवद्ध प्याट्रियट्सले टस हारेर ब्याटिङ गर्ने निम्तो पाएको थियो । उसले निर्धारित २० आभेरमा ७ विकेटको क्षतीमा २०४ रनको विशाल स्कोर बनाएको थियो ।

टिमका लागि डेभोन थोमसले ५८, कार्लोसले ४१, कप्तान क्रीस गेलले ३५, बेन कटिङले नट आउट २५ रनको योगदान दिए । अन्य ब्याट्सम्यानले भने राम्रो प्रदर्शन गर्न सकेनन् । अलि खानले ३, सुनिल नारायनले २ र केभान र डिजे ब्राबोले समान १-१ विकेट लिन सफल भए । २०४ रनको विजयी लक्ष्य पाएर मैदान उत्रिएकोे ट्रङ्बागो नाइट राइडर्स पदर्शन खराब रह्यो । आज पनि सुरुवाती ब्याट्सम्यान सुनिल नारायण सस्तैमा आउट भए । उनी एक चौका प्रहार गर्दै आउट भए ।

नाइट राइडर्सका लागि डार्रेन ब्राबोले ४१, केभोनले ४२ र कोलिन मुनरोले ३५ रन बनाउन बाहेक अन्य ब्याट्सम्यानको सम्झनलायक प्रदर्शन रहेन ।  बलिङमा प्याट्रियट्सका लाउसिस, बेन कटिङ र कार्लोशले समान ३ ३ विकेट लिए । भने, सन्दिप लामिछाने र सेल्डोनले समान १-१ विकेट लिन सफल भए ।

नेपाली लेग स्पिनर लामिछानको प्रदर्शन आज पनि शानदार रह्यो । उनले आफ्नो पहिलो ओभरमा अष्ट्रेलियाका क्रीश लेनलाई आउट गरे । उनले पहिलो ओभरमा एक विकेट लिनुका साथैं, मेडन ओभर दिए । भने, दोस्रो ओभरमा मात्र ३ रन खर्च गरे । र, आफ्नो तेस्रो ओरभमा १४ रन खर्चिए । उनले आज ३ ओभर मात्र बलिङ गर्न पाएका थिए । सन्दिप आवद्ध टिमको यो पहिलो जित हो । गएको बिहिबार भएको खेलमा उनको टिमले गुयनासँग ६ विकेटले पराजित भएको थियो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!