मुकुन्दसेन युवा क्लबको तेस्रो साधारणसभा सम्पन्न

नवपरासी, साउन २६ । सुस्ता पूर्व नवलपरासी गैंडाकोट १० मा रहेको मुकुन्दसेन युवा क्लबको तेस्रो बार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन भव्यताका साथ सम्पन्न भएको छ ।

पूर्व उपप्रधानमन्त्री एवं सांसद टोपबहादुर रायमाझी र युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार बिश्वकर्मा प्रमुख अतिथि रहेको कार्यक्रममा विशिष्ट अतिथी सांसद देवेन्द्र पौडेल, बिशेष अतिथि सांसद तिलक महत, गैंडाकोट नगरपालिकाका मेयर छत्रराज पौडेल, उपमेयर बिष्णुकुमारी कंडेल सापकोटा, संरक्षक बिबि खराल र वडा अध्यक्ष देबिदत्त कंडेलसहित विभिन्न सस्थाका प्रतिनिधि र राजनीतिक दलका सथानीय प्रतिनिधि समाजसेवीलगायतको उपस्थितिमा अधिवेशन सम्पन्न भएको हो ।

कार्यक्रममा समाजका विभिन्न ब्याक्तित्वलाई क्लबले सम्मान गरेको छ । मुकुन्दसेन युवा क्लबले २०७१ सालदेखि अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउने उद्देश्यका काम गरिरहेको छ । क्रिकेट मैदान निर्माणको कार्य करीब ४५ प्रतिशत सम्पन्न भएको क्लबका संरक्षक बिबि खरालले जानकारी दिए ।

बिशिस्ट अतिथी देवेन्द्र पौडेलले मुकुन्दसेन युवा क्लबले आफ्नो बहुबलमा गरेको यत्रो विशाल खेलमैदान निर्माणको अभियानको सम्मान गर्दै यस क्लबले लिएको अन्तर्राष्ट्रियस्तरका क्षेत्रीय क्रिकेट रंगशाला निर्माण अभियानमा आफ्नो एक्यवद्धता जाहेर गर्दै सकेको सहयोग राज्यस्थरबाट गराउने प्रतिबद्धता जाहेर गरे ।

प्रमुख अतिथी युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार बिश्वकर्माले आफ्नो तर्फबाट क्लबलार्इ र यसले लिएको लक्ष्यमा आफ्नो साथ र सहयोग रहने बताए । अर्का प्रमुख अतिथी पूर्व उपप्रधानमन्त्री तथा नेता टोपबहादुर रायमाझीले राजनीतिक इतिहास बोकेको गैंडाकोटका भैसाखोरीमा २७ बर्षपछि आफू फर्किको बताउदै क्लबलाई आफ्नो साथ रहने बताए ।

साथै राज्य र आफ्नो तर्फबाट क्लबको अभियानलाई पूर्णता दिन कहिपछि नपर्ने बताए । स्वागत मनतब्य दिदै क्लबका संरक्षक बिबि खरालले आफूहरु समाज परिवर्तन र सवकासमा क्लबको माध्यमबाट समाज रुपान्तरण लागेको बताए ।

अध्यक्ष नरेश काफ्लेले सभालार्इ बिसर्जन गर्दै सम्पूर्ण सहभागीलाई धन्यवाद दिदै क्लबको अभियानमा राज्य र समाज गम्भीर हुन आग्रह गरे । भने गैंडाकोट १० स्थित आमा समुहले अतिथिहरुको बाजागाजासहित स्वागत गरेका थिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!