हुक्का बारमा छापा, सय बढी किशाेर किशाेरी पक्राउ

बुटवल, साउन २६ । प्रहरीले बुटवलको एक हुक्का बारमा छापा मारी  सय भन्दा बढि किशाेर किशाेरीलाई नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय बुटवलको टोलीले शनिबार अपरान्ह बारमा छापा मारेर कम उमेरका युवा युवतीहरुलाई हुक्का तान्दै अगरेका अवस्थामा पक्राउ गरेको हो । साथै प्रहरीले बार सञ्चालकमाथि पनि कारबाहीको प्रक्रिया अगाडि बढाएको जनाएको छ ।

प्रहरीको टोलीले बुटवलका विभिन्न हुक्का बारहरुमा छापा मारेको छ । पक्राउ परेका माथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!