भीमफेदी गाइज र जुना सुन्दासको ‘चुन सुपारी’ (भिडियोसहित)

काठमाडौं। पछिल्लो समयका चर्चित रहेका भीमफेदी गाइज र जुना सुन्दासको ‘चुन सुपारी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । चुन सुपारी बोलको डान्सिङ नम्बरको उक्त गीतलाई शुक्रबार बुढा सुब्बाको अफिसिय युट्यूब च्यानलमार्फत रिलिज गरिएको हो।

गायिका पारु ढकाल र मनिस रेशको स्वर रहेको गीतमा दिनेश सुबेदीको शब्द, पुरुषोत्तम न्यौपानेको संगीत रहेको छ। निर्मल लामाको निर्देशन रहेको उक्त गीतमा ज्ञानेन्द्र शर्माको छायांकन र पवन सुस्लिङको सम्पान रहेको छ।

काठमाडौंको उत्तर बाहिनी मन्दिर आसपास खिचिएको गीतको म्युजिक भिडियो र भीमफेदी गाइजको डान्स निकै आकर्षक छ।

 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!