अब बलात्कार गरी हत्या गर्नेलाई बाँचुञ्जेल जेल

काठमाडौं, साउन २६ । अब जबरजस्ती करणी गरी ज्यान मार्नेलाई जीवनभर सजाय हुने भएको छ । बलात्कार र हत्याका घटना दिनहुँ बढिरहेको भन्दै त्यसलाई रोक्न अब यस्तो कडा कानूनको ल्याइन लागिएको हो ।

यो कानून भदौं १ गतेदेखि लागू हुँदै छ । नयाँ मुलुकी संहिताले जबर्जस्ती करणी गरी ज्यान मार्ने कसुरमा संलग्नलाई जीवित रहँदासम्म कैद सजाय हुने व्यवस्था गरेको छ । मुलुकी अपराध संहिता ऐन २०७४ को परिच्छेद पाँचको दफा ४१ ले यस्तो व्यवस्था गरेको हो ।

उक्त दफाले क्रूर यातना दिई वा निर्ममतापूर्वक ज्यान मार्ने, वायुयान अपहरण गरी वा वायुयान विष्फोट गरी ज्यान मार्ने, अपहरण गरी वा शरीर बन्धक बनाइ ज्यान मार्ने कसुरमा संलग्नलाई जीवित रहेसम्म कैद सजायको व्यवस्था गरेको हो । यसअघि अपहरण गरी वा शरीर बन्धक बनाई ज्यान मार्ने अभियोगका कसुरदारलाई जन्मकैदको मात्रै व्यवस्था थियो ।

कमेन्ट गर्नुहोस्