सीआइबीकै कर्मचारीको नक्कली प्रमाणपत्र, विशेष अदालतमा मुद्धा दर्ता

काठमाडौं, साउन २५ । मुलुकमा हुने जघन्य अपराधको अनुसन्धान गर्ने निकायका कर्मचारीको शैक्षिक प्रमाणपत्र नक्कली भएको खुलासा भएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबीमा कार्यरत हवल्दार सन्जीवविक्रम शाह नक्कली शैक्षिक प्रमाणपत्र पेश गरि बढुवा भएको रहस्य खुलेको हो ।

उनीविरुद्ध शुक्रबार बिशेष अदालतमा मुद्दा दायर गरेको पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । भारतको गोरखपुरमा रहेको एक कलेजबाट आइ ए (प्रविणतापत्र तह) उत्तिर्ण गरेको भन्दै नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी उनी जवानबाट हवल्दार पदमा बढुवा भएको दावी अख्तियारको छ ।

शाहविरुद्ध परेको उजुरीका आधारमा छानबिन गर्दा प्रमाणपत्रमा उल्लेख कलेजमा उनले अध्ययन नगरेको पाइएको अख्तियारले जनाएको छ । शाहको कार्य भ्रष्टाचार निवारण ऐनको दफा १६ को उपदफा १ अनुसारको कसुर भएकोले उनलाई सोही बमोजिम जरिवाना र कैद सजाय मागदाबी अख्तियारले गरेको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!