मेनपावर सञ्चालक गजमेर जेल चलान

काठमाडौं, साउन २५ । मेनपावर व्यवसायी अनिल गजमेर जेल चलान भएका छन् । उनलाई पाँच करोड भन्दा रुपैयाँ ठगी गरेको आरोपमा केही समय अघि प्रहरीले पक्राउ गरेको थियो ।

माई इन्भेष्टमेन्ट कम्पनीका सञ्चालक गजमेरलाई काठमाडौं जिल्ला अदालतले शुक्रबार पुर्पक्षका लागि थुनामा पठाएको हो । पब्लिक कम्पनि खोलेर गजमेरले विभिन्न व्यक्तिबाट करोडौं रुपैया ठगी गरेको उजुरीको आधारमा महानगरीय प्रहरी परिसर गएका असार २६ गते राजधानीबाट पक्राउ गरेको थियो ।

अदालतको आदेश लगतै उनलाई सुन्धारास्थित केन्द्रीय कारागार चलान गरिएको परिसरका डिएसपी मोहनकुमार थापाले जानकारी दिए । गजमेरविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले ५ करोड ८७ लाख बिगो दाबीसहित मुद्धा दर्ता गरेको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!