बालबालिकालाई हस्तमैथुन गराउने सन्यासी बाबा पक्राउ

बुटवल, साउन २५ । सुन्दा पनि प्रत्याउन गाह्रो तर यथार्थता देखेपछि अचम्म मान्ने घटना बुटवलमा फेला परेको छ । २० वर्षदेखि सन्याषी जीवन विताउदै आएका जोगी बावा बुटवलमा अप्राकृतिक मैथुन गदै गर्दा पक्राउ परेका छन ।

सडक वालकहरुलाई आफनो कोठामा वोलाउने उनीहरुलाई पैसा दिने अनि अप्राकृतिक मैथुन गर्ने भारतको उडिसा घर बताउने ५५ वर्षिय बाबा सुन्दर पुरीलाई ईलाका प्रहरी कार्यालयले बिहीबार पक्राउ गरेको प्रहरी नायव उपरिक्षक डिल बहादुर मल्लले जानकारी दिए ।

बाबाले दिनभर घरघरमा भिक्षा माग्दै हिड्ने साझँ बिहान सडक वालकलाई पैसा दिने लोभमा अप्राकृतिक मैथुन गराउने गरेको स्थानीय जनप्रतिनिधीले देखेपछि प्रहरीलाई खवर गरिएको थियो ।  नेपाल समाचारपत्रमा खबर छ ।

बुटवलको थोक कृषिउपजकेन्द्र नजिकै भाडामा वस्ने वावाले दुई सडक वालकलाई विगत २० दिन देखि नियमित रुपमा अप्राकृतिक मैथुन गर्ने गरेको ति वालकले प्रहरी समक्ष बताएको प्रनाउ मल्लले बताए ।

पक्राउ परेका वावाको सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । अप्राकृतिक मैथुन अभियोगमा पक्राउ परेकालाई ३ वर्ष कैद र ३० हजार जरीवाना हुने कानुनी व्यवस्था रहेको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!