सीपीएलमा सन्दिपको शानदार बलिङ, चार ओभरमा मात्र १२ रन ! [LIVE]

काठमाडौं, साउन २५ । क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा नेपाली लेग स्पिनर सन्दिप लामिछानेले शानदार प्रदर्शन गरेका छन् । उनले ४ ओभरमा मात्र १२ रन खर्च गरे । भने, महत्वपूर्ण २ विकेट लिए । उनले दुबै विकेट क्याच आउट गराएका हुन् । सन्दिपको बलिङ कस्तो रह्यो ? हेर्नुहोस् स्कोर-

अहिले सन्दिप आवद्ध सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्स र गुयना एमेजन वारियर्स खेल भइरहेको छ । प्याट्रियट्सले ब्याटिङ गरिसकेको छ । यसअघिकप्तान क्रीस गेलको उत्कृष्ट प्रदर्शनसंगै सन्दीप सम्मिलित सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सले क्यारेबियन प्रिमियर लिगको आफ्नो पहिलो खेलमा १४७ रनको लक्ष्य दिएको छ ।

लाइभ स्कोर हेर्न यहाँ क्लिक गर्नुहोस्

आज बिहान ३ः४५ बजेदेखि सुरु भएको खेलमा निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै उसले गुयना एमेजन वारियर्सलाई १४७ रनको लक्ष्य दिएको हो । प्याट्रियट्सलागि कप्तान क्रीस गेलले उत्कृष्ट प्रर्दशन गरे ।

उनले ६५ बलमा ८६ रन बटुले । गेलले ५ छक्का र ७ चौकाको मद्दतमा ८६ रन बनाउन सफल भए । अन्य बयटसम्यानको भने प्रदर्शन खासै राम्रो रहेन । बलिङमा गुयनाका बण्डेलाले २ विकेट लिए ।

कमेन्ट गर्नुहोस्