सीपीएलः सन्दिपले लगे दोस्रो विकेट ! [LIVE]

काठमाडौं, साउन २५ । क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा नेपाली लेग स्पिनर सन्दिप लामिछानेले दोस्रो विकेट लिन सफल भएका छन् । उनले आफ्नो चौथो ओभरकाे दोस्रो बलमा विकेट लिन सफल भएका हुन् ।

थप जानकारीका लागि यो लिंकमा क्लिक गर्नुहोस्

अहिले सन्दिप आवद्ध सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्स र गुयना एमेजन वारियर्सबीच खेल भइरहेको छ । प्याट्रियट्सले ब्याटिङ गरिसकेको छ । यसअघिकप्तान क्रीस गेलको उत्कृष्ट प्रदर्शनसंगै सन्दीप सम्मिलित सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सले लिगको आफ्नो पहिलो खेलमा १४७ रन बनाएकाे थियाे ।

आज बिहान ३ः४५ बजेदेखि सुरु भएको खेलमा निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै उसले गुयना एमेजन वारियर्सलाई १४७ रनको लक्ष्य दिएको छ । प्याट्रियट्सलागि कप्तान क्रीस गेलले उत्कृष्ट प्रर्दशन गरे । उनले ६५ बलमा ८६ रन बटुले । गेलले ५ छक्का र ७ चौकाको मद्दतमा ८६ रन बनाउन सफल भए । अन्य ब्याट्सम्यानको भने प्रदर्शन खासै राम्रो रहेन । बलिङमा वारियर्सका बण्डेलाले २ विकेट लिए ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  सन्दीपप्रति दिल्ली डेयरडेभिल्सलेको प्रतिक्रिया ‘अविश्वसनीय प्रदर्शन’
%d bloggers like this: