बिग बोस–१२ को तयारी अन्तिम चरणमा, को को भए छनौट ?

चर्चित भारतीय रियालिटी शो बिग बोस यसपाली विशेष हुने देखिन्छ । आयोजकहरुले यसको सम्पूर्ण तयारी पुरा गरिसकेका छन् ।

निकै उत्सुकतावश प्रतिक्षा गरिएको यो सत्रका लागि छनौट चरणहरु पार गरेपछि ६ सेलिब्रेटीको जोडी प्रवेश गर्ने बताइएको छ । यसका साथै गत वर्षजस्तै ७ जना कमनर्स जोडीहरुलाई पनि छनौट गरिएको छ ।

हालसम्म सार्वजनिक भए अनुसार, नोयडाका रबिन गुर्जरको नाम छनौट भएको समाचार प्रकाशित भएको छ । रबिनले सामाजिक सञ्जालमा आफ्ना तस्वीर राख्न सुरु गरेका छन् । चाइल्ड प्यारेन्ट श्रेणीमा छनौट भएका रबिनले आफूलाई सहयोग गर्न घरमा समेत अपील गरेको बताइएको छ ।

यसपटक सेप्टेम्बर १२ गते बिग बोस शुरु हुन गइरहेको छ ।

यस अघि बिग बोस–११ मा सामान्य मानिस (कमन म्यान)को रुपमा प्रवेश गरेका मनवीर गुर्जरले विजय हासिल गरेका थिए ।

कमेन्ट गर्नुहोस्