नेपाली दूतावास साउदीको सेल्टरमा रहेका २ महिलाको उद्दार

साउदी, साउन २४ । रोजगारीका लागी साउदी अरब पुगि लामो समय देखि अलपत्र परेका दुई महिलालाई दूतावासले उद्दार गरि स्वदेश फिर्ता गरेको छ।

कुबेत हुँदै भिजिट भिषामार्फत साउदी अरब पुगेकी गुल्मीकि लक्ष्मि पौडेल र बिगत ८ बर्ष देखि साउदी स्थित हायलमा घरेलुु कामदारका रूपमा कार्यरत रुपन्देहीकि बिमला थापा लाई अलपत्र अबस्थामा उद्दार गरि दूतावासले आफ्नो सेल्टर मा राखेको थियोे भने बिहीवार उनीहरुलाई आबस्यक प्रक्रिया पूरा गरि दूतावासले स्वदेश फिर्ता गरेको हो ।

हाल साउदी स्थित दूतावासको सेल्टरमा झन्डै ५० जना महिला शरण लियर बसेका छन् ।उनीहरु सबैलाई आबस्यक प्रक्रिया पूरा गरि छिट्टै नेपाल फिर्ता गरिने दूतावासले जानकारी दिएको छ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!