प्रहरी इन्काउण्टरबारे गृहमन्त्रीले मुख खोले

कठमाडौं, साउन २४ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले काँडाघारीका निसान खड्काको अपहरणमा संलग्न दुई व्यक्तिको भक्तपुरमा प्रहरी इन्काउण्टरमा मारिएको घटनाबारे सरकारले छानबिन गर्ने बताएका छन् ।

प्रतिनिधिसभा अन्तर्गत राज्यव्यवस्था तथा सुशासन समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकमा गृहमन्त्री थापाले यस्तो बताएका हुन ।

११ वर्ष बालक निसानलाई अपहरणपछि हत्यामा संलग्न भएको भनिएका गोपाल तामाङ र अजय तामाङलाई डेराबाट नियन्त्रणमा लिएर प्रहरीले सूर्यविनायकको जंगलमा इन्काउण्टर गरेको घटना शंकास्पद भएको भन्दै सांसदहरुले छानविनको माग गरेपछि गृहमन्त्रीले सरकारले उक्त घटनाको छानविन गर्ने बताए ।

आइतबार साँझ अपहरणमा परेका बालक निसान सोमबार दिउँसो मृत अवस्थामा भेटिएका थिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!