देबिका र रितकुमारका ‘यो तीजको गीतैले’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं, साउन २४ । चर्चित गायिका देविका केसी र गायक रितकुमार श्रेष्ठको ‘यो तीजको गीतैले’ सार्वजनिक भएको छ । हिन्दू महिलाहरुको महान पर्व तीज नजिकिएसँग तीजको गीत आउने क्रम बढेको छ । यसै मेसोमा रमाइलो तीज गीत यो तीजको गीतै पछिल्लो पटक सार्वजनिक भएको हो ।

गीतमा जीवन विसीको शब्द रहेको छ । गीतको म्युजिक भिडियोलाई राजु थापाले छायांकन गरेका हुन । भने र्इश्वर थापाले दृश्य सम्पादन गरेका हुन । भिडियोमा नृत्य निर्देशक भने रोशन केसीले गरेका हुन ।

विभिन्न देशलाई जोडिएको गीतको छायांकन भने काठमाडौं रेस्टुरेन्ट टोरन्टो, क्यानडामा गरिएको हो । गीतमा रोशन, रुपा, बाबु र आस्थाले अभिनय गरेका छन् ।
हेर्नुहोस भिडियो

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  मजाले हाँसौं : शेरेको Leave Application
%d bloggers like this: