आजदेखि सेनाको नेतृत्व पूर्णचन्द्र थापालाई

काठमाडौं, साउन २४ । आजदेखि नेपाली सेनाको नेतृत्व बलाधिकृत रथी पूर्णचन्द्र थापाले सम्हाल्ने भएका छन् । आफ्नो कार्यकाल सकिनुभन्दा एक महिनाअघिदेखि बिदा बस्ने परम्पराअनुरुप प्रधानसेनापति राजेन्द्र क्षत्रीले थापालाई जिम्मेवारी हस्तान्तरण गर्न लागेका हुन् ।

प्रधानसेनापति क्षत्रीले सैनिक मुख्यालय जंगी अड्डामा आज (बिहीबार) आयोजित विशेष समारोहमा बलाधिकृतरथी थापालाई नेपाली सेना बुझबुझारथ गर्ने कार्यक्रम छ । बलाधिकृतरथी थापाले भदौ २३ गतेदेखि मात्र नेपालको ४३औँ प्रधानसेनापतिको पूर्ण जिम्मेवारी सम्हानेछन् । वि.सं. ०१७ भदौ २५ गते जन्मिएका बलाधिकृत थापा ०३६ मा सेनाको अधिकृत क्याडेटबाट सेवा प्रवेश गरेका थिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!