सरकारले ४२ हजार युवालाई स्वरोजगार तालिम दिदैं

काठमाडौं,साउन २४ । सरकारले सात प्रदेशका ४२ हजार युवालाई छोटो अवधीको शिप विकास तालिम दिने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सहयोगमा व्यावसायीक शिक्षा तथा तालिम परिषद (सिटिइभीटी) ले उक्त तालिम संचालन गर्न लागेको हो ।

छोटो अवधीको तालिममा सातै प्रदेशमा ६-६ हजार युवालाई सहभागी गराइने भएको छ तालिम संचालन गर्न मन्त्रालयले सिटिइभीटीलाई ७५ करोड रुपिया उपलब्ध गराएको छ ।
तालिम असोज महिनाबाट संचालन हुने भएको छ । तालिम ३ महिनासम्म संचालन हुने सिटिइभीटीका योजना महाशाखा प्रमुख एवं निर्देशक रमेश वखतीले जानकारी दिए

विषेश गरी स्थानीय तहमा वेरोजगार युवालाई स्वरोजगार हुने अवसर दिन र रोजगारीको लागि विदेश जाने युवालाई केही सहज बनाउन तालिम संचालन गर्न लागिएको हो । स्थानीय निकायको सहयोगमा तालिमको विषय र प्रशिक्षार्थी छनौट गरिने भएको छ ।

प्रदेश र स्थानीय सरकारको प्रत्यक्ष सहभागितामा तालिम संचालन गर्न लागिएको निर्देशक बखतीले दावी गरे ।उनका अनुसार तालिम लिन सामान्य लेखपढ गरेकालाई समेत अवसर दिइने भएको छ । सिटिइभीटीका ३४ र प्राविधिक शिक्षा कार्यक्रम संचालन भएका करिब २ सय गरी २ सय ३४ विद्यालयमा सो तालिम संचालन गरिने भएको छ ।

३ सय ९० घण्टा अवधीको सो तालिम सिकेपछि सहभागीले समुदायमा तालिमको उपलब्धी उपभोग गर्न पाउने छन । निर्देशक वखतीका अनुसार सहभागीलाई सिकर्मी, डकर्मी, सिलाई कटाइ, वेल्डर, मेन्टिनेन्स, वाली विज्ञान, भेटेरिनरी, कुकिङ, वेकिङ लगायत दुई दर्जन भन्दा बढी विषयमा तालिम उपलब्ध गराइने भएको छ । नेपाल समाचारपत्रमा खबर छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!