आज तपाइको दिन कस्तो ? राशिफलले यस्तो भन्छ

वि.सं. २०७५ साल साउन २४ गते, बिहीबार, इश्वी सन् २०१८ अगस्ट ९ तारिख। नेपाल संवत् ११३८ दिल्लागा। श्रावण कृष्णपक्ष। तिथि-त्रयोदशी, २०ः४३ बजेउप्रान्त चतुर्दशी।

मेषः परिस्थितिवश चिताएको काम रोकिन सक्छ । आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन् । मौका आए पनि काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला ।

बृषः आवेशको निर्णयले समस्या निम्त्याउन सक्छ । आत्मसम्मानका लागि मौन रहनु बेस होला । बलजफ्तीले लक्ष्यमा पुग्न समस्या पर्नेछ । बुद्धिको उपयोगले काम लिने चेष्टा गर्नुहोला ।

मिथुनः नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन् । प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला । सहयोगीहरूले साथ दिनेछन् ।

कर्कटः छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुहोला । फाइदाका लागि केही वस्तु त्याग्नुपर्ला । आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ । लामो यात्रा गर्ने अवसर प्राप्त हुनेछ ।

सिंहः परिश्रमको फल प्राप्त हुनुका साथै आयआर्जनका स्रोत बढ्नेछन् । व्यापार तथा साझेदारीमा मनग्गे लाभ हुनेछ । पहिलेको सफलताले हौसला जगाउनेछ । मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ ।

कन्या- पुराना कामको चर्चा हुनेछ भने मिहिनेत गर्दा उपलब्धिको स्रोत प्राप्त हुनेछ । तर, अरूका काममा समय खर्चनुपर्दा पछि परिनेछ । सामाजिक उत्तरदायित्व प्राप्त भए पनि जिम्मेवारी पूरा गर्नमा बाधा हुनेछ ।

तुलाः समय चुनौतीपूर्ण देखिए पनि सामान्य काम र जिम्मेवारी हात पार्ने मौका छ । लगनशीलताले अवसर दिलाउन सक्छ । श्रम परे पनि तारिफयोग्य काम गर्दै अरूको उपकार गर्न सकिनेछ ।

बृश्चिकः काम गर्ने परिस्थिति अनुकूल नदेखिए पनि शुभचिन्तकहरूको साथले जिम्मेवारी प्राप्त हुन सक्छ । मिहिनेत गर्दा लगानी उठाउन सकिनेछ । आवश्यक गर्दा कर्जामार्फत धन प्राप्त हुनेछ । पहिलेका समस्या दोहोरिनाले अलमल बढ्न सक्छ।

धनुः मनोरञ्जनमा अलमलिँदा लक्ष्यमा बाधा पुग्नेछ । परिस्थिति अनुकूल रहे पनि भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ । रमाइलो क्षणमा पनि मन उदास रहनेछ । केही अप्ठ्यारा परिस्थिति आउनाले सोचेको लाभ नमिल्न सक्छ ।

मकरः अवसर आए पनि वैधानिक प्रावधानले लक्ष्यमा पुग्न अप्ठ्यारो पार्नेछ । आफ्नै सहयोगीहरू प्रतिस्पर्धामा उत्रिने समय रहेकाले सजग रहनुहोला । आफ्ना सामानमा अरूले दाबी गर्न सक्छन् । यात्रा गर्दा धनमाल सुरक्षामा ध्यान दिनुहोला ।

कुम्भः अस्वस्थताले कमजोर भएको अनुभूति हुनेछ । हतारका काममा ढिलासुस्ती हुन सक्छ । पढाइलेखाइमा सोचेजस्तो प्रगति गर्न नसकिएला । व्यवसायमा समेत फाइदा उठाउन समय पर्खनुपर्नेछ । योजना कार्यान्वयनमा ल्याउन निकै मिहिनेत पर्ला ।

मीनः अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ । बेसुरमा वचन दिनाले दुःख पाइनेछ । तापनि, साथीभाइले साथ दिनेछन्। -नेपाली पात्रो

कमेन्ट गर्नुहोस्

error: Content is protected !!