नेकपाको विद्यार्थी संगठनको केन्द्रीय समिति ४९९ सदस्यीय हुने

काठमाडौं, साउन २३ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियु र अनेरास्ववियू क्रान्तिकारीको एकताको निम्ति गठित तीनवटै उपसमितिले बुधबार कार्यदललाई आफ्ना प्रतिवेदन बुझाएका छन् ।

उपसमितिले बुधबार ४ एकता कार्यदललाई प्रतिवेदन बुझाएको क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए । कार्यदलमा पर्यटनमन्त्री एवं नेकपा नेता रविन्द्र अधिकारी, रमेश मल्ल, अनेरास्ववियु अध्यक्ष नविना लामा र क्रान्तिकारी अध्यक्ष रञ्जित तामाङ छन् ।

अन्तरिम विधान मस्यौदा उपसमितिले बुझाएको विधान मस्यौदामा ४९९ सदस्यीय केन्द्रीय समितिको संख्या प्रस्ताव गरेको छ । तर, महाधिवेशनबाट भने १९९ सदस्यीय समिति बनाउने प्रस्ताव गरिएको बस्नेतले बताए ।

विधान मस्यौदामा केन्द्रीय कार्यालय, स्थायी कमिटी, केन्द्रीय सचिवालय र केन्द्रीय समितिसहितको तहगत संरचना प्रस्ताव गरिएको छ । एकतापछि संगठनको नाम के राख्ने भनेबारे अझै टुंगो नलागेको बताइएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!