प्रकाण्डसहित शीर्ष नेता पक्राउको विरोधमा नेकपाद्वारा नेपाल बन्दको घोषणा

काठमाडौं, साउन २३ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफ्ना केन्द्रीय प्रवक्ता एवं पूर्वमन्त्रीसहित पार्टीका शीर्ष नेता पक्राउको विरोधमा आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।

बुधबार अपरान्ह पार्टी महासचिव विप्लवले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हिजो बेलुका ७ः३० बजे काठमाडौँको दक्षिणकालीबाट हाम्रो पार्टीका स्थायी समितिका सदस्य तथा प्रवक्ता प्रकाण्डसहित तीनजनालाई सरकारले बिनाकारण गिरफ्तार गरेको छ । सम्पूर्ण राजनीतिक मूल्यमान्यता मिच्दै गरिएको यो गिरफ्तारीको पार्टी घोर भत्र्सना गर्दछ । हाम्रो पार्टी राजनीतिक विचारका आधारमा गरिएको कायरतापूर्ण गिरफ्तारी बन्द गर्न, गिरफ्तार कमरेड प्रकाण्ड, पीबीएम कमरेडहरू, सीसीएम कमरेडहरूलगायत सबै कमरेडहरूलाई बिनासर्त रिहा गर्न जोडदार माग गर्दछ । अन्यथा पार्टी फासिवादी दमनको सशक्त प्रतिरोध गर्ने चेतावनी दिन चाहन्छ । त्यसबाट निस्कने परिस्थितिको यो सरकार नै जबाफदेही रहनेछ । ’

केपी सरकारले राजनीतिक अधिकारमाथि एकपछि अर्को गर्दै प्रतिबन्ध लगाउँदै गएको आरोप नेकपाले लगाएको छ । सरकारको यो रबैयाको कडा प्रतिवाद गर्न पनि हाम्रो पार्टी नेपालका सबै सच्चा लोकतन्त्रवादी र देशभक्त शक्तिलाई आह्वान गर्दछ, विज्ञप्तिमा उल्लेख ।

नेकपाले सार्वजनिक गरेका आन्दोलनका कार्यक्रमहरुः
साउन २५ गते देशव्यापी कोणसभा
साउन २६ गते विरोधसभा
 साउन २७ गते भण्डाफोर
साउन २८ गते मशालजुलुस
साउन २९ गते नेपाल बन्द

कमेन्ट गर्नुहोस्

error: Content is protected !!