प्रहरी ‘इन्काउन्टर’ मा मारिएकाका बुवाआमाका मानवअधिकार आयोगमा

काठमाडौं, साउन २३ । प्रहरी ‘इन्काउन्टर’ सोमबारमा भक्तपुरमा मारिएका गोपाल तामाङ र अजय तामाङका परिवारले बुधबार मानवअधिकार आयोगमा उजुरी दिएका छन्।

बुधबार मृतक दुवै जनाका आमाबुवाले ललितपुरस्थित मानवअधिकार आयोगको केन्द्रीय कार्यालय आफ्नो छोराको गैरन्यायिक हत्या भएको भन्दै छानबिन गर्न माग गर्दै उजुरी दिएका हुन्।

उजुरी दर्ता गर्न दुवै जनाका आमाबुवासहित १२ जना आफन्त आयोग पुगेका थिए। आयोगले घटनाबारे अनुसन्धान गर्न विशेष टोली बनाएको छ।

गएको आइतबार साँझ काँडाघारी बस्ने सिन्धुपाल्चोकका ११ वर्षीय बालक निशान खड्काको अपहरण भएको थियो। प्रहरीले सोमबार उनको शव भक्तपुरको एक घरमा फेला पारेको थियो । त्यसपछि उनीहरुलाई भक्तपुरकै जंगलमा इन्काउण्टरमा मारिएका बताइएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!