चेल्सीसँग लियोन ५-४ पराजित, हजार्डको विजयी गोल !

काठमाडौं, साउन २३ । चेल्सीले अन्तर्राष्ट्रिय च्याम्पियन्स कप अन्तर्गत फ्रान्सेली क्लब लियोनलाई पराजित गरेको छ । लण्डनमा गयराती भएको खेलको नयाँ सिजनको तयारीमा रहेको चेल्सीले रोमाञ्चक जित निकालेको हो ।

निर्धारित समयमा गोल हुन नसकेपछि खेल टाइब्रेकरबाट गएको थियो । जसमा चेल्सीले ५-४ को जित निकाल्यो । उसका लागि इडन हजार्डले पेनाल्टीमा विजयी गोल गरे । यस्तै चेल्सीका गोलरक्षक रोब ग्रिनले सुन्दर बचाउ गरेर टिमको जितमा नायक बने । लियोनका पापे चेइख डिओपको प्रहार ३८ वर्षका ग्रिनले सुन्दर डाइभ गर्दै बचाउ गरेका हुन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!