देउवा उपचारका लागि आज सिंगापुर जाँदै

काठमाडौं, साउन २३ । उपचारका लागि कांग्रेस सभापति शेरबहादुर देउवा सिंगापुर जाने भएका छन् । बुधबार दिउँसो साढे १ बजे पत्नी आरजु राणासहित देउवा सिंगापुर जान लागेका हुन् ।

पेटमा भएको समस्याको उपचार गराउन सभापति सिंगापुर जान लागेका उनका स्वकीयसचिव भानु देउवाले जानकारी दिए । उपचारका क्रममा कति समय सिंगापुर बस्ने भन्ने उता पुगेपछि मात्र टुंगो लाग्ने उनको भनाई छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!