डा. गोविन्द केसी धुरुधुरु रोए !

काठमाडौं, साउन २३ । २७ दिनसम्म अनशन बसेर उपचार गराई मंगलबार त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएका चिकित्सक शिक्षा सुधार अभियान्ता डा. गोविन्द केसी धुरुधुरु रोएका छन् ।

डा। केसी डिस्चार्ज भएलगत्तै आयोजित पत्रकार सम्मेलनमा रोएका हुन् । अव स्वस्थ हुनुभयो भन्ने सञ्चारकर्मीको जिज्ञासामा डा. केसीले रुदै भने, मैले धेरै काम गरिसकेँ । अव जनताको काम जनप्रतिनिधि र सरकारबाट पुरा हुनुपर्छ । साथै, उनले सत्याग्रह टुंग्याउने क्रममा सरकारसँग भएको ९ बुँदे सहमति पालना हुने विश्वास लिए।

डा. केसीले विधेयक संशोधन सहित थप तोडमोड नगरी पारित हुने विश्वास लिए। कुनै बहाना वा ढिलाई नगरी संसदबाट उक्त ऐन जारी हुनेमा आफू विश्वस्त भएको बताए । मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार, सबै विपन्न नागरिकहरुको सस्तो, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पाउने अधिकार तथा सबै विद्यार्थीको योग्यताका आधारमा निशुल्क वा सस्तो शुल्कमा चिकित्सा था स्वास्थ्य शिक्षाका अन्य विषय पढ्ने अधिकारका लागि आफुले संघर्ष गरेको उनले बताए। आफूसँग भएको सहमतिलाई मन्त्रिपरिषदबाट अनुमोदन गर्न समेत उनले माग गरे। नागरिकमा खबर छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!