५ पटक मुख्यमन्त्री बनेका करुणानिधिको निधन

चेन्नई, साउन २२ । द्रविड मुनेत्र कषगम (द्रमुक) प्रमुख एवं तमिलनाडुका पूर्वमुख्यमन्त्री एम करुणानिधि ९४ वर्षको उमेरमा मंगलबार साँझ निधन भएको छ ।

उनी २२ दिनदेखि चेन्नईको कावेरी अस्पतालमा उपचाररत थिए । कावेरी अस्पतालले भनेको छ, ‘धेरै कोशिशका बावजूद हामीले उनलाई बचाउन सकेनौंं । करुणानिधिको साँझ ६.१० निधन भएको अस्पतालले जनाएको छ ।

म‌ंगलबार अपरान्ह एक विज्ञप्ति जारी गर्दै अस्पतालले उनको स्वास्थ्य अवस्था नाजुक रहेको बताएको थियो । त्यसपछि अस्पताल बाहिर नेता कार्यकर्ता र शुभचिन्तकको बाक्लो भीड लागकोे थियो । करुणानिधिको पिसावमा संक्रमण र न्यून रक्तचापको समस्या देखा परेपछि गएको २७ जुलाईमा कावेरी अस्पतालमा भर्ना गरिएको थियो ।

करणानिधि ५ पटक मुख्यमन्त्री
करुणानिधि ६ पटक तमिलनाडुको मुख्यमन्त्री बनेका थिए । उनी पहिलो पटक १० फेब्रअरी १९६९ देखि ४ जनवरी १९७१ सम्म, दोस्रो पटक १५ मार्च १९७१ देखि ३१ जनवरी १९७६ सम्म मुख्यमन्त्री भए । त्यसैगरी तेस्रो पटक २७ जनवरी १९८९ देखि ३० जनवरी १९९१ सम्म, चौथों पटक १३ मई १९९६ देखि १३ मई २००१, र अन्तिम पटक १३ मई २००६ देखि १५ मे देखि २०११ सम्म मुख्यमन्त्री भएका थिए । उनी अन्तिम पटक अक्टूबर २०१७ मा सार्वजनिक कार्यक्रममा देखिएका थिए भने त्यस यता उनी सार्वजनिक भएका थिएनन् ।

भारतीय राष्ट्रपति रामनाथ कोविन्द र प्रधानमन्त्री नरेन्द्र मोदीले करुणानिधि अस्पतालमा भर्ना भएपछि २७ फोन गरेर उनको स्वास्थ्य बारेमा जानकारी लिएका थिए भने कांग्रेस अध्यक्ष राहुल गान्धी अस्पताल पुगेर करुणानिधिको स्वास्थ्यबारे जानकारी लिएका थिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!