ठगी आरोपमा पूर्व सांसद विक हिरासतमा

पर्वत, साउन २२ । वैदेशिक रोजगारमा पठाउँछु भन्दै लाखौ रुपैँया ठगी आरोपमा पूर्व सांसद मिठाराम बिश्वकर्मा बैदेशिक रोजगार बिभागको हिरासतमा परेका छन । अमेरिका पठाईदिन्छु भन्दै ठगी गरेको भन्दै उनलाई रोजगार विभागले हिरासतमा लिएको हो ।

नेपाली कांग्रेसबाट संसद पूर्नस्थापनापछि अन्तरिम ब्यबस्थापिका संसदको सदस्य बनेका बिश्वकर्मा चार हप्तादेखि बैदेशिक रोजगार बिभागको हिरासतमा परेका हुन् । पूर्व सांसद बिश्वकर्माले पर्वतको कुस्माका दुई युवालाई अमेरिका पठाउँछु भनेर २५ लाख भन्दा बढी नगद ठगी गरेको आरोप लागेको छ ।

जिल्लाको कुस्मा नगरपालिका- ८ चुवा स्थायी घर भएका पुर्व साँसद बिश्वकर्माले कुस्मा नगरपालिका-४ का सज्जन जोशी र वडा नं ५ का ज्ञानेन्द्रकुमार जोशीसंग पटक पटक गरि रकम लिएको उजुरीका आधारमा बैदेशिक रोजगार बिभागले पक्राउ गरेको हो । उनलाई असार २८ गते देखि हिरासतमा राखिएको छ । बिश्वकर्मालाई महानगरीय प्रहरी प्रभाग बालाजुले २८ गते पक्राउ गरेको थियो । नेपाल समाचारपत्रमा खबर छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!