नेकपा एकीकरणः जिल्ला अध्यक्ष बन्न सांसददेखि गाउँपालिका अध्यक्षको दाबी !

काठमाडौं, साउन २२ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रदेश र जिल्ला तहको पदाधिकारी पदका लागि संघीय संसद्का सदस्यदेखि गाउँपालिका अध्यक्षसम्म दौडमा छन् । एकीकरण अन्तिम चरणमा पुग्दै गर्दा थुप्रै सांसद र स्थानीय तहका कार्यकारी (प्रमुख उपप्रमुख) अध्यक्ष र सचिवका दाबेदार देखिएका छन् । तत्कालीन एमाले र माओवादी केन्द्रमा जिल्ला अध्यक्ष र सचिव रहेका जनप्रतिनिधि पार्टीको पुरानै पदका लागि सक्रिय बनेका हुन् ।

उनीहरूलाई पार्टीमा दिइने जिम्मेवारीबारे नियमावली र केन्द्रीय सचिवालयको सर्कुलर मौन रहेकाले पुनः कार्यकारी पदका लागि सक्रिय रहेको एकीकरण कार्यदलका एक नेताले बताए ।

अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १७ साउनमा जारी गरेको सर्कुलरअनुसार प्रदेश र जिल्ला एकीकरणका लागि बनेका कार्यदलले २५ साउनभित्र केन्द्रीय सचिवालयलाई नामावली बुझाउने तयारी गरिरहेका छन् । नयाँ पत्रिकामा खबर छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!