काठमाडौंमा महामारीको खतरा !

काठमाडौं, साउन २२ । काठमाडौंको फोहोर समयमै नउठ्दा महामारीको जोखिम बढेको छ । छिटो फोहोर व्यवस्थापन नहुँदा पानीजन्य रोग देखा पर्न थालेका छन् । सबैभन्दा धेरै फोहोर व्यवस्थापन गर्ने निकाय काठमाडौं महानगरपालिकाले पानीजन्य रोग फैलन नदिन सजकता अपनाउन आग्रह गरेको छ ।

कामपाका वरिष्ठ जनस्वाथ्य अधिकृत राजेन्द्र घिमिरेले पानीको कारण झाडापखाला, हैजा, रगतमासी, जन्डिसलगायतका रोग बढ्न जाने सम्भावना बढेको बताउँदै त्यसका लागि कामपाले जनचेतनाका कार्यक्रम अघि बढाएको बताए । उनले भने-‘फोहोरको समस्याले बिकराल रुप लिन थालेपछि महानगरवासीलाई जनचेतनासम्बन्धी कार्यक्रम अघि बढाएका हौं ।’ नेपाल समाचारपत्रमा खबर छ ।

पछिल्लो एक महिना यता सिसडोल ल्यान्डफिल साइट भरिएर फोहोरको पहिरो जाने खतरा बढेपछि उपत्यकालगायत छिमेकका २२ स्थानीय निकायको फोहोर व्यवस्थापनमा समस्या बढेको छ । समस्या समाधान गर्ने विषयमा सरकारले समेत चाँसो दिन छाडेपछि महामारी बढ्ने खतरा बढेको हो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!