अनुगमनलाई तीब्र पार्न विभागलाई निर्देशन

काठमाण्डौं, साउन २१ । कृषि तथा पशुपंक्षी विकास राज्यमन्त्री रामकुमारी चौधरीले खाद्य, प्रबिधि तथा गुण नियन्त्रण विभागलाई बजार अनुगमनलाई तीब्र पार्न निर्देशन दिएकी छिन ।

खाद्य प्रबिधि तथा गुण नियन्त्रण बिभागको आब ०७४/०७५ को वार्षिक प्रगति गोष्ठीको उदघाटन गर्दै उक्त निर्देशन दिएकी हुन । हामी कहाँ जनताबाट धेरै गुनासाहरु आए हामीले आफ्नै नेतृत्वमा दुध र कालिमाटी सब्जी बजार अनुगमन गर्यौ, धेरै कैफियतहरु भेटिए मन्त्रालयको तर्फ बाट कार्वाही पनि गर्यौ ।

यसलाई निरन्तरता दिन जरुरी छ । खाद्य जन्यबस्तुहरुमा मिसावट गरि बजारमा बेचबिखन गरेका गुनासाहरु बारम्बार आइरहेका छन यी सबै गुनासाहरु यथार्थ पनि हुन । यसलाई नियन्त्रण गर्ने जिम्मेवारी यो बिभागको हो । बिभागले आफ्नो जिम्मेवारी जिम्मेवार ढङ्गले पूरा गरे मन्त्रालयले सबै प्रकारकाे सहयोग गर्न तयार रहेकाे राज्यमन्त्री चौधरीले बताइन ।

अखाद्य बस्तुले २ करोड ७५ लाख नेपाली जनताको स्वास्थलाई नोक्सानी पुर्याउन सक्छ । तेसैले हाम्रो जिम्मेवारीलाई गम्भीरता पुर्वक लिनु पर्दछ । स्वस्थ, गुणस्तरीय तथा पोषणयुक्त खाद्य तथा दाना पदार्थहरुको उपलब्धता, आम उपभोक्ताहरुको जनस्वास्थ्यको रक्षा गर्ने जिम्मेवारी पूरा गर्न हर्दम तयार हुन जरुरी छ राज्य मन्त्री चौधरीले बताइन ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!