कोरिया जाने कामदारको हवाइ भाडा २३ % ले घट्यो, कराेडाै‌ं बचत

काठमाडौं, साउन २१ । वैदेशिक रोजगारीका लागि इपीएसमार्फत दक्षिण कोरिया जाने नेपाली कामदारहरको हवाई भाडा २३ प्रतिशतले घटेको छ । यसअघि नेपाली कामदारले ५३० अमेरिकी डलर तिर्दै आएकोमा अबदेखि भने ४११ अमेरिकी डलर मात्रै तिर्नु पुग्ने भएको छ । १२ हजार ९८० रुपैयाँ कम हुने छ ।

आइतबारदेखि हवाई भाडा निर्धारणको बोलपत्र स्वीकृत भएपछि कोरिया जाने कामदारको हवाइ भाडा घटेको वैदेशिक रोजगार विभागको इपीएस शाखाले जनाएको छ ।

यसअघि हवाई टिकटका लागि एक जना नेपालीले करीब ५८ हजार २७२ रुपैया बुझाउनु पथ्र्यो । भने अब ४५ हजार २९२ रुपैयाँ मात्रै हवाई भाडा तिर्नु पर्नेछ ।

सन् २००८ देखि इपीएस प्रणाली लागू भएपछि नेपाली कामदारले ५४१ अमेरिकी डलर भाडा वापत सम्बन्धीत ट्राभल एजेन्सीलाई बुझाउने गरेका थिए । २०७३ पुसदेखि भने कामदारले ५२९ दशमलव ७५ डलर अर्थात ५८ हजार २७२ रुपैयाँ हवाई भाडा बुझाउँदै आएका थिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!