यौनधन्दा चलाउने दुई युवती पक्राउ

काठमाडौं, साउन २१ । यौनधन्दा संचालन गरेको आरोपमा प्रहरीले दुईजना युवती पक्राउ गरेको छ । उनीहरुलाई राजधानीका विभिन्न स्थानमा फ्लाट भाडामा लिएर यौन व्यवसाय गरेको आरोप छ ।

पक्राउ पर्नेमा ललितपुर पाटन स्थायी घर भई हाल लाजिम्पाट डेरा गरी बस्ने २८ वर्षकी प्रिया श्रेष्ठ र मकवानपुर हेटौंडा नगरपालिका ८ की १८ वर्षीया मन्दिरा तामाङ रहेका छन्। पैसाको प्रलोभन देखार्इ परपुरुषहरूसँग जबरजस्ती यौनसम्पर्क राख्न लगाई उनीहरुले पैसा अशुली गर्ने गरेको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी नायव उपरीक्षक मोहन थापाले जानकारी दिए।

उनीहरूलाई महानगरीय प्रहरी वृत्त दरबारमार्गले विशेष सूचनाका आधारमा पक्राउ गरेको हो। पक्राउ परेका श्रेष्ठ र तामाङमाथि अनुसन्धान भइरहेको तर मानव बेचबिखन ऐनअन्तर्गत कारबाही गर्ने तयारी गरेको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!