बजारमा सुनको भाऊ बढ्यो, चाँदीको स्थिर!

काठमाडौं । साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको मूल्य एक सय रुपैयाँले बढेको छ ।

आइतबार छापावाल सुन प्रतितोला मूल्य ५६ हजार रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर सुन प्रतितोला मूल्य ५६ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

आइतबार तेजावी सुन प्रतितोला मूल्य ५५ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर सुन प्रतितोला मूल्य ५५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।

आइतबार चाँदी प्रतितोला मूल्य ७३५ रुपैयाँमा कारोबार भएको थियो भने आज पनि ७३५ रुपैयाँमै कायम रहेको छ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  सोमबार बजारमा सुनचाँदी कतिमा कारोबार भइरहेको छ ?
%d bloggers like this: