भवानी पाडेको तीज कोसेली ‘फर्कि आउन घर’ बजारमा (भिडियोसहित)

काठमाडौं । हिन्दु नारीहरुको महान् पर्व मानिने ‘हरितालिका तीज’ नजिकिएसँगै बजारमा नयाँ-नयाँ गीतहरु आउन थालेका छन् । यसैबीच भवानी पाण्डेले पनि नयाँ तीज कोसेली बजारमा ल्याएकी छन् ।

यो वर्षको तीज कोसेली स्वरुमा उनले ‘फर्कि आउन घर’ बजारमा ल्याएकी हुन् । गीत असाध्यै मन छुने छ । मौलिक शैलीमा बनेको पाण्डेको यो कोसेलीमा प्रदेशमा रहेका श्रीमानलाई जसरी पनि घर फर्किनु भन्ने सन्देश मिसिएको छ । गीत आइतबारदेखि बजारमा आएको हो ।

गीतमा श्रीमतीले भेनेकी छन्,- घरमा आमा विरामी छन्, जसरी नि एसपाली घर आउँनु, छोराछोरी तपाइँकै प्रतिक्षामा बसेका छन् ।

विदेशबाट श्रीमान भन्छन्,- आमा अनि छोराछोरीको राम्रो ख्याल गर्नु धेरै चिन्ता नलिनु, मलाई केहि हुँदैन, पुरुष भएपछि दुःख गर्नुपर्छ । अर्को वर्ष जसरी आउँछु, सकेजति काम गर्नु, पीर चिन्ता नगर्नु ।

मौलिक गीत हराइरहेका बेला पाण्डेको यो गीतले अझैं पनि यस्ता गीत संगीत बजारमा आउने आशा गर्ने ठाउँ बाँकि रहेको छ । गीतमा पाण्डेसँगै विनोदबाबु केसीले आवाज दिएका छन् । पाडेको ‘तीज कोसीली’ यहाँ क्लिक गरे पनि हेर्न सकिन्छ 

यस्तै, गीतमा शब्दसंगीत भवानी पाण्डे, भिडियो छांयाकन राहुल राई, सम्पादन रोशन धिमाल, निर्देशन रेशम सापकोटाको रहेको छ । भने, भिडियोमा गौरन चौधरी, मनिषा राई, भवानी पाण्डे, सम्राट र योेङ्का लभ्लीको अभिनय देख्न सकिन्छ । सम्पादन धिमाल फिल्मस प्रालिकमा भएको हो । भिडियोमो दृश्य सम्पादन तरेली म्यूजिकले गरेको हो । भने, म्यूजिक भिडियोलाई म्युजिक नेपालले बजारमा ल्याएको हो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!