यूनिभर्सल मेडिकल कलेजमा तोडफोड [अपडेट]

भैरहवा, साउन २० ।

उपचारका क्रममा एक विद्यार्थीको मृत्यु भएपछि आक्रोशित विद्यार्थी समूहले गरेको आन्दोलनबाट भैरहवास्थित यूनिभर्सल मेडिकल कलेज तथा अस्पताल तनावपूर्ण बनेको छ ।

उक्त कलेजको बीडीएस चौथो वर्षमा अध्ययनरत २४ बर्षीय महादेव साह नामका विद्यार्थीको उपचारको क्रममा आइतबार बिहानै अस्पतालमा मृत्यु भएपछि आक्रोशित विद्यार्थीले अस्पताल परिसरमा नाराबाजी र तोडफोड गरेका थिए । स्थितिलाई नियन्त्रणमा लिन अस्पताल परिसरमा प्रहरी परिचालन गरिएको छ।

पिलोको उपचारका लागि शनबिार राति अस्पतालको इमर्जेन्सीमा भर्ना भएका धनुषाको पतनुका गाँउपालिका घर भएका साहको मृत्यु अस्पतालको लापरबाहीबाट भएको विद्यार्थी आन्दोलितले आरोप लगाएका छन् ।

अस्पतालको व्यवस्थापन पक्षले भने उनको उपचारमा कुनै कमी हुन नदिइएको र उनी अस्पतालमा भर्ना हुँदा नै शरिरका विभिन्न अंगले काम गर्न छाडिसकेकाले बचाउन नसकिएको दावी गरेको छ।

आक्रोशित विद्यार्थी समूहले अस्पतालको विरुद्धमा नाराबाजी गर्दै अस्पतालको आइसीयू, सीसीयूको प्रवेशद्वार, झ्याल ढोका टिभी, पंखा फुटाएका छन्। साथै आक्रोसित विद्याथीले समाचार संकलनका लागि अस्पतालमा पुगेका सञ्चारकर्मीहरुमाथि आक्रमण गर्दै क्यामेरा फोरिदिएका छन्। पत्रकारमाथि भएको आक्रमणको निन्दा गर्दै रुपन्देही पत्रकार महासंघले विज्ञप्ति निकालेको छ ।

तस्बिर:  कान्तिपुरडेली डट कमबाट 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!