नारायणगढ-मुग्लिन सडक ११ घण्टापछि खुल्यो

चितवन, साउन २० । नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका-२९ घुमाउनेमा पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको छ । गएराति १०ः२५ बजेबाट अवरुद्ध सडक पहिरो पन्छाएपछि आज बिहान साढे नौ बजेदेखि सञ्चालन आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

पहिरो पन्छाएसँगै रोकिएका सवारी साधन आफ्नो गन्तव्यतर्फ लागेका छन् । सो ठाउँमा केही दिनयता ढुंगा खस्ने समस्या आएको छ । सोही ठाउँमा शनिबार पहिरो खसेर चार घण्टा सडक अवरुद्ध भएको थियो । तीन दिनदेखि परेको वर्षाका कारण ठाउँठाउँमा पहिरो खसेपछि यात्रुले दुःख पाएका छन् । -रासस

कमेन्ट गर्नुहोस्

error: Content is protected !!