लिभरपुलको शानदार जित, मिडफिल्डरको निधारमा १५ टाँका !

काठमाडौं, साउन २०। लिभरपुलले नोपालीमाथि शानदार जित निकालेको छ । गएराती भएको खेलमा लिभरपुलले नोपालीमाथि ५-० को शानदार जित निकालेको हो । गोल रक्षक एलिसनको उत्कृष्ट बजाउले गर्दा लिभरपुलले शानदार जित निकाल्न सफल भएको हो । ब्राजिलियन गोलरक्षक एलिसन गत महिना मात्र रोमाबाट कीर्तिमानी मूल्यमा लिभरपुल आएका थिए ।

डबलिनमा भएको खेलको पहिलो हाफमा एलिसनले लोरेन्जो इन्सिनिएको प्रहारको उत्कृष्ट बचाउ गरे । लिरभपुलका लागि मोहम्मद सलाह, जेम्स मिलनर, वाइनाल्डम, ड्यानियल स्टर्डिज र अल्बेर्टो मोरेनोले गोल गरे ।

मारिओ रईसँग ठोक्किँदा टाइको चोट लागेपछि मिलनरले दोस्रो हाफ भने खेल्न सकेनन् । लिभरपुलका व्यवस्थापक योर्गन क्लोपका अनुसार मिडफिल्डरको निधारमा १५ टाँका लगाउनु परेको छ ।

याे पनि पढाै-

विश्वकपपछि नेइमार पहिलो पटक मैदानमा, फ्रेन्च सुपर कपको उपाधि पिएसजीलाई !

-एजेन्सी

कमेन्ट गर्नुहोस्

error: Content is protected !!