पूर्व सभासद कमल पंगेनीको निधन

काठमाडौं, साउन २१ । पूर्व सभासद एवम् नेपाली कांग्रेस स्याङ्जाका सभापति कमल पंगेनीको निधन भएको छ । उनको स्याङ्जाको बयरघारीस्थित आफ्नै निवासमा निधन भएको हो । पंगेनीको निधन हृदयाघातका कारण भएको पारिवारिक स्रोतले बताएको छ ।

गएराति खाना खाएर सुतेका उनी आइतबार बिहान गम्भीर अवस्थामा फेला परेका थिए । अस्पतालमा पुर्‍याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । उनी २०७० सालको संविधानसभामा स्याङ्जा क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए । पंगेनीका श्रीमती, एक छोरा, एक छोरी छन्।

कमेन्ट गर्नुहोस्