विश्वकपपछि नेइमार पहिलो पटक मैदानमा, फ्रेन्च सुपर कपको उपाधि पिएसजीलाई !

काठमाडौं, साउन २० । रसिया विश्वकप पछि पिएसजीका स्टार स्ट्राइकर नेइमारले पहिलो खेल खेलेका छन् । फ्रेन्च सुपर कप फुटबल अन्तर्गत शनिबार बेलुका मोनाको विरुद्धको नेइमारले विश्वकपपछि पहिलो खेल खेलका हुन् ।

पहिलो खेलमा पेरिस सेन्ट-जर्मेन, पिएसजीले मोनाकोमाति शानदार जित निकालेको छ । चीनमा भएको खेलमा पिएसजीले मोनाकोलाई ४-० ले हराएको हो । पिएसजीलाई जिताउन एन्जल डी मारियाले ३३ र इन्जुरी समयको दोस्रो मिनेटमा गरी दुई गोल गरे । यस्तै क्रिष्टोफर एनकुन्कुले ४० तथा तिमोथी वेहले ६७ औँ मिनेटमा गोल गरे । जितसँगै पिएसजीले फ्रेन्च सुपर कपको उपाधि उचालेको छ ।

यो खेलमा नेइमार थप खेलाडीको रुपमा मैदान छिरेका थिए । नेइमार ७५ औँ मिनेटमा मैदान छिरेका थिए । गएको फेब्रुअरीमा खुट्टामा लागेको चोटपछि नेइमारले पिएसजीबाट लामो समयपछि खेलेका हुन् । नेइमार अघिल्लो सिजन बार्सिलोनाबाट विश्व कीर्तिमानी मूल्यमा पिएसजी आएका थिए ।

-एजेन्सी

कमेन्ट गर्नुहोस्