नेकपाको मासिक आम्दानी करोडौं, सदस्यता शुल्कबाट मात्रै साढे तीन करोड उठ्ने !

काठमाडौं, साउन १९ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को मासिक आम्दानी करोडौं हुने भएको छ । नेकपाको पार्टी सदस्यता शुल्कबाट मात्रै मासिक साढे तीन करोड उठ्ने भएको छ । स्थायी कमिटीदेखि क्रियाशील सदस्यबाट मात्रै मासिक तीन करोड ६१ लाख २८ हजार रुपैयाँ उठ्ने भएको हो । दुई पार्टी एकता भएको दिनदेखि नै पार्टीको सदस्य शुल्क बुझाउनुपर्ने नेकपा महासचिव विष्णु पौडेलले बताए । नयाँ पत्रिकामा खबर छ ।

-स्थानीय कमिटीबाट मात्रै मासिक चार लाख

-प्रदेश र जिल्ला कमिटीबाट मासिक आठ लाख ३३ हजार

-केन्द्रीय सदस्यबाट मासिक ३० हजार

नेकपाको अन्तरिम विधान २०७५ अनुसार पार्टीको संगठित सदस्यको मासिक शुल्क ५० रुपैयाँ राखिएको छ । सोहीअनुसार तत्कालीन एमालेको क्रियाशील सदस्यको संख्या चार लाख र तत्कालीन माओवादी केन्द्रले तीन लाख क्रियाशील सदस्य रहेको दाबी गरेका छन् । यसरी नेकपाको सात लाख क्रियाशील सदस्यबाट मात्रै मासिक तीन करोड ५० लाख रुपैयाँ आम्दानी हुने भएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!