पहिलो टेस्ट क्रिकेटमै भारत पराजित, इंग्ल्याण्ड ३१ रनले विजयी

काठमाडौं, साउन १९ । पहिलो टेस्ट क्रिकेटमा भारतले इंग्ल्याण्डसँग लजास्पद हार बेहोरेको छ । कप्तान विराट कोहली बाहेक अरुको प्रदर्शन खराब हुँदा भारतले लजास्पद हार बेहोर्नु पर्यो । विराटले ५१ र हार्दिक पाण्ड्याले ३१ रन बनाउनुबाहेक अरुले सम्झनलायक ब्याटिङ्ग गर्न सकेनन् ।

भारतसँगको पहिलो टेस्ट क्रिकेट इंग्ल्याण्डले ३१ रनले जितेको छ । १ सय ९४ रनको लक्ष्य पाएको भारत १ सय ६२ रनमा अलआउट भएपछि इंग्ल्याण्डले खेल जितेको हो ।

जितसँगै ५ खेलको सिरिजमा इंग्ल्याण्डले १-० को अग्रता लिएको छ । ५ विकेट गुमाएको अवस्थाबाट चौथो दिनको खेल थालेको भारतलाई जितका लागि थप ८४ रन आवश्यक थियो, तर भारतका ५ जना खेलाडी ५३ रन थप्दै आउट भए ।

इंग्ल्याण्डका बेन स्टोक्सले ४ तथा स्टुआर्ट ब्रोड र जेम्स एन्डरसनले समान २-२ विकेट लिए । पहिलो पारिमा १३ रनको अग्रता लिएको इंग्ल्याण्डले दोश्रो पारिमा १ सय ८० रन मात्र बनाउन सकेपछि भारतले १ सय ९४ रनको सामान्य लक्ष पाएको थियो ।

दोश्रो पारिमा भारतका इशान्त शर्माले ५, रविचन्द्रन आश्विनले ३ र उमेश यादवले २ विकेट लिएपछि इंग्ल्याण्डले १ सय ८० रन मात्र बनाउन सक्यो । इंग्ल्याण्डका साम क्युर्रानले सबैभन्दा धेरै ६३ रन बनाए । दोस्रो टेस्ट आउँदो बुधबार लण्डनमा हुनेछ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!