सांसद श्रेष्ठद्वारा आफ्नो तलब सामाजिक संस्थालाई हस्तान्तरण

तनहुँ, साउन १९ । तनहुँ क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभाका सांसद कृष्णकुमार श्रेष्ठ आफ्नो मासिक तलब सामाजिक संस्थालाई प्रदान गरेका छन् । उनले आफ्नो तलब बापतको रकम शनिबार एक कार्यक्रमकाबीच तीन वटा समितिलाई प्रदान गरेका हुन् । निर्वाचनको समयमा गरेको प्रतिबद्धताअनुसार सांसद श्रेष्ठले दुई मन्दिर र एक खानेपानी उपभोक्ता समितिलाई आफ्नो मासिक तलब हस्तान्तरण गरेका हुन् ।

निर्वाचनका क्रममा आफूले पाउने पारिश्रमिक जिल्लाकै विकास निर्माणका लागि खर्च गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । सांसद श्रेष्ठले ब्यास-१० स्थित सुधेरी गैह्रा खानेपानी उपभोक्ता समिति, ब्यास-१ अम्रेनीस्थित शिव मन्दिर र भानु नगरपालिका-६ स्थित कालिका मन्दिरलाई रु ५०÷५० हजारका दरले सहयोग प्रदान गरेका हुन् । -रासस

कमेन्ट गर्नुहोस्

error: Content is protected !!