प्रधानमन्त्री ओलीकाे आश्वासन- नेपाल र भारतको व्यापार समस्या छिट्टै हल हुन्छन्

काठमाडौं, साउन १९ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतका व्यापार समस्या छिट्टै समाधान हुने बताएका छन् । आज (शनिबार) उद्योग संगठन मोरङले प्रधामन्त्री निवास वालुवाटरमा आयोजना गरेको कार्यक्रममा प्रधामन्त्री ओलीले यस्तो बताएका हुन् । उनले दुवै देशबीचको व्यापार समस्याकाबारे भारतीय प्रधामन्त्री मोदीसँग विशेष कुरा गर्ने आश्वासन दिए ।

प्रधामन्त्री ओलीले भने, ‘विमस्टेकमा आउनुभएका राष्ट्रप्रमुखसँग सामूहिक र व्यक्तिगत रुपमा पनि हाम्रा व्यापारका समस्या समधानका लागि हामी कुरा गर्छौं ।’ मोदी नेपालमा हुन लागेको विमस्टेक सम्मेलनमा सहभागी हुन आउने तयारीमा छन् ।

प्रधानमन्त्री ओलीले नेपालीहरुमा उपभोक्तावादी चिन्तन बढेको उल्लेख गर्दैव्यापार घाटा घट्ने मुख्य कारण पनि उपभोक्तावादी चिन्तन नै रहेको बताए । उद्योग स्थापना र सञ्चालनका लागि सरकारले जे-जति सहुलियत दिन सकिन्छ त्यसमा कन्जुस्याइँ नगर्ने उनले प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्ड लगायत नेताहरु, मन्त्री र सचिवहरुको पनि उपस्थिति थियो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!