फेरि जलबिरेमा पहिरो खस्यो, मुग्लिन सडक ठप्प

चितवन, साउन १९ । घुमाउनेमा पहिरो गएका कारण शनिबार बिहानदेखि अवरुद्ध नारायणगढ मुग्लिन सडकमा दुईतर्फ गाडी चलेको आधा घण्टा नबित्दै जलबिरेमा पहिरो गएको छ । पहिरोका कारण फेरि यातायातका साधन रोकिएका छन् ।

चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार जलबिरेमा अपराह्न पौने ३ बजे पहिरो गएको हो । पहिरो हटाउने प्रयास भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्याल्यका प्रहरी निरीक्षक वेदप्रसाद गौतमले बताए ।

यसअघि बिहान ६ बजे पहिरो खसेको घुमाउनेमा साढे १० बजे एकतर्फी रुपमा गाडी चल्न सुरु भएको थियो । घुमाउनेको पहिरो पुरै हटाएर सवा दुई बजेपछि दुईतर्फी गाडी चलेको थियो । चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी निरीक्षक वेदप्रसाद गौतमका अनुसार बिहानैदेखि पानी परेका कारण पहिरो हटाउन समस्या भएको थियो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!