नेपालको जितमा भारतीय क्रिकेटरको यस्ताे शुभकामना 

काठमाडौं, साउन १९ । नेपालले शुक्रबार एक दिवसीय क्रिकेट प्रतियोगितामा ऐतिहासिक जित निकाल्न सफल भएकोमा अहिले चौतर्फि चर्चा भइरहेको छ । नेपालले यो सफलता हात पार्दा देशविदेशबाट बधाई तथा शुभकामना आइरहेका छन । यसैबीच, भारतीय चर्चित पूर्व क्रिकेटर वीरेन्द्र सहवागले पनि नेपालले ऐतिहासिक जित निकाल्न सफल भएकोमा बधाई तथा शुभकामना दिएका छन् ।

उनले ट्वीट गर्दै नेपाललाई जितको बधाई दिएका हुन् । सहवागले लेखेका छन्, ‘शुत्रबारको जितका लागि स्याबास, नेपाल । पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा रोमाञ्चक जितका लागि बधाई । यो त सुरुवात मात्रै हो, शुभकामना छ ।’

 

कमेन्ट गर्नुहोस्