मेसीले बार्सिलोना छोड्ने संकेत, रोमामा अनुबन्धका लागि कुराकानी !

काठमाडौं, साउन १९ । बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेसी इटालियन सिरी ‘ए’ फुटबल क्लब रोमामा अनुबन्ध हुने संकेत देखिएको छ । रोमाका अध्यक्ष जेम्स पाल्लोतले मेसीलाई अनुबन्धबारे बार्सिलोनासँग सल्लाह भइसकेको कुराकानी सार्वजनिक भएपछि मेसी रोमामा जाने संकेत देखिएको हो ।

मेसीलाई रोमामा अनुबन्ध गर्ने सम्बन्धमा स्पेनिस क्लब बार्सिलोनासँग कुराकानी भइसकेको रोमा अध्यक्ष पाल्लोताले नै खुलासा गरेका हुन् । युभेन्टसले रियल मड्रिडबाट रोनाल्डोलाई ल्याएपछि रोमाले उनको बलियो प्रतिस्पर्धीको खोजी गरेको छ । यसक्रममा बार्सिलोनासँग मेस्सीका बारेमा कुरा भएको रोमाका अध्यक्ष पाल्लोतले बताएका हुन् ।

युभेन्टस लगातार सात सिजनदेखि सिरी ‘ए’ को विजेता रहँदै आएको छ । रोनाल्डो आएपछि सिरी ‘ए’ मा उसको पकड झन बलियो बन्ने पक्का छ । रोमा गएको सिजन तेस्रो स्थानमा रहेको थियो । नापोलीले युभेन्टसलाई कडा चुनौती दिएको थियो ।

रोमाले आफूलाई बलियो बनाउनका लागि रोनाल्डोलाई टक्कर दिन सक्ने खेलाडीको खोजी गरिरहेको छ । त्यसको विकल्पको रुपमा मेस्सी सबै भन्दा पहिलो नम्बरमा छन् । तर मेस्सी बार्सिलोनामै खुशी रहेको खबर छ ।

याे पनि पढाै-

रोनाल्डोको ठाउँमा २२ वर्षीय बोर्जा !

 

रोमा अध्यक्ष पाल्लोतले बार्सिलोनासँग मेस्सीका बारेमा कुरा गरेको खुलासासँगै रोनाल्डोका लागि इटालीको बसाई सहज भने नहुने पनि बताए । उनले भने, ‘रोनाल्डो राम्रा खेलाडी हुन्, तर इटालीमा उनलाई झन कठिन हुनेछ ।’ पाल्लोतले आइएल मेसाग्गेरोसँग भनेका छन्, ‘हामीले शीर्ष खेलाडी गर्ने छौँ ? यो प्रश्न होइन, हामीले मेस्सीका बारेमा बार्सिलोनासँग कुरा गरिसकेका छौँ ।’ -एजेन्सी

कमेन्ट गर्नुहोस्

error: Content is protected !!